काठमाडौँ, २५ चैत(ओएनएस) : आज चैत कृष्ण औंसी अर्थात् घोडे जात्रा काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्राका रुपमा महत्वका साथ हेर्ने गरिन्छ ।
घोडे जात्राका अवसरमा नेपाली सेनाले गत वर्षहरूझै यस वर्ष पनि विषेश कार्यक्रमको आयोजना गरेको छ । नेपाली सेनाले घोडा तथा कुकुरको प्रयोग गरेर विभिन्न कला प्रस्तुत गरेको थियो ।
उक्त कार्यक्रम हेर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, विभिन्न निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
हेरौ घोडे जात्राका केही तस्वीरहरू: