जनता खेदिएकाे घाेडेजात्रा (फाेटाेफिचर)

406
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (ओएनएस) :  चैत कृष्ण औंसीमा पर्ने घोडेजात्रा काठमाडौंको टुँडिखेलमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरेर मनाइयो । बर्षेनी माउँदै आइएको जात्रामा नेपाली सेनाका घोडचढीहरुले  कौसल देखाएका थिए ।

काठमाडौं उपत्यकाका प्राचीन जात्रा मध्ये एक घोडेजात्रा हेर्न टुँडिखेल आसपासमा सर्वसाधारणको भिड लागेको थियो । सर्वसाधारणले टुँडिखेल अासपासका रुख, अाकाशेपुल र घरका छतबाट जात्राकाे अवलाेकन गरेका थिए । टुँडिखेल नजिक सर्वसाधारणकाे भिड लागेपछि प्रहरीले केहि सर्वसाधरणलाई लखेटेकाे थियाे । यसअघिका प्रत्येक जात्रामा सर्वसाधारणा जात्रा हेर्न उपस्थित हुने गरेका भए पनि सधै लखेटिने गरेका छन् ।

_AKD8770 _AKD8752 _AKD8763

राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, संविधानसभा अध्यक्ष सुवास नेम्बाङलगयात संवैधानिक निकायका प्रमुख नेपाली सेनाले आयोजना गर्ने घोडेजात्रा अवलोकन गर्न टुँडिखेल उपस्थित भएका थिए ।

परापूर्वकालदेखि राक्षसले काठमाडौं उपत्यकाका बालबालिका खाइदिनुका साथै दुःख दिने गरेको र राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । अर्को किंवदन्तीअनुसार सालिन्दा चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको सुरु हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो । हेर्नुस तस्विरमा घोडेजात्रा

ghode jatra tudikhel1 ghode jatra tudikhel ghode jatra tudikhel15 ghode jatra tudikhel14 ghode jatra tudikhel13 ghode jatra tudikhel12 ghode jatra tudikhel11 ghode jatra tudikhel10 ghode jatra tudikhel9 ghode jatra tudikhel8 ghode jatra tudikhel7 ghode jatra tudikhel6 ghode jatra tudikhel5 ghode jatra tudikhel4 ghode jatra tudikhel3 ghode jatra tudikhel2


  •  
  •  
  •