गोर्खाल्यान्ड अभियन्ता सुवास घिसिङ रहेनन्

211
  •  
  •  
  •  

काठमाडौं १६ माघ । भारतको दार्जिलिङमा लामो समयदेखि गोर्खाल्यान्ड आन्दोलन चलाइरहेका सुवास घिसिङको ७९ वर्षको उमेरमा बिहीबार नयाँ दिल्लीमा निधन भएको छ ।

घाँटीमा समस्या देखिएपछि गत कात्तिक १६ गतेदेखि नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा उपचार गराइरहेका उनको सोही अस्पतालमा निधन भएको हो । घिसिङको सन् १९३६ मा दार्जिलिङमै जन्म भएको थियो ।

दार्जिलिङ क्षेत्रमा गोर्खाल्याण्ड राज्यका लागि संघर्षरत गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका घिसिङ एक वर्षयता घाँटी र छातिमा समस्या देखिएपछि थला परेका थिए ।

उनको उपचारमा संलग्न चिकित्सकले उनलाई थाइरोइड भएको बताएका थिए । यसअघि उनको सिलगुढीमा पनि उपचार गरिएको थियो । सन् १९८६ देखि दार्जिलिङ क्षेत्रमा रहेका नेपालीभाषीलार्इ छुट्टै राज्य दिनुपर्ने माग गर्दै घिसिङले आन्दोलन छेडेका थिए ।

सन् २००७ मा विमल गुरुङको अगुवार्इमा गोर्खा जनमुक्ति मोर्चाले फरक आन्दोलन थालेपछि उनी दार्जिलिङबाट हिँडेका थिए ।  बिरामी हुन थालेपछि उनी जलपार्इगुडीमा बस्दै आएका थिए ।

सन् २००७ को लोकसभा चुनावमा दार्जीलिङ आएका उनी पुन: बिरामी भएपछि दिल्ली गएका थिए । उनी लामो समयदेखि विरामी परेपछि उनको पार्टी संगठन पनि हाल निष्कृय अवस्थामा छ । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •