३० दलीय मोर्चाले घेर्‍यो जिल्ला प्रशासन 

98
  •  
  •  
  •  

काठमाडौं, ३ फागुन (ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले देशभरका जिल्ला प्रशासन कार्यालय घरेका छन् । विपक्षी मोर्चाले सहमतिमा संविधान ल्याउनुपर्ने माग गर्दै जिल्ला प्रशासन घेरेका हुन् ।

ललितपुर जिल्ला प्रशासनमा सयको संख्यामा मोर्चाका कार्यकर्ता जिल्ला प्रशासन घेर्न पुगेका थिए । यस्तै काठमाडौं जिल्ला प्रशासनमा पनि पाँच सय भन्दा बढि आन्दोलनकारीले सहमतिमा संविधान ल्याउन माग गर्दै मोर्चाका कार्यकर्ता उपस्थित भएका थिए ।

gherau 1

सत्तारुढ नेपाली काँग्रेस– नेकपा एमालेले जबरजस्ती संविधान ल्याउन खोजेको आरोप लगाउँदै विपक्षी आन्दोलनमा छन् ।

पहिलो चरणमा देशव्यापी सभा गरिरहेको विपक्षीले सत्तापक्षलाई थप दवाब दिन जिल्ला प्रशासन घरेका हुन् । संविधानसभामा प्रश्नावली समिति गठन गर्दै अंक गणितको खेलमा सत्तापक्ष लागेको भन्दै विपक्षी मोर्चा आन्दोलिन भएका हुन् ।

विपक्षी मोर्चाले विगतका सहमतिको पलना तथा सहमतिमा संविधान ल्याउन माग गर्दै वार्तामा समेत बस्न मानेका छैनन् ।

यद्यपी प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार वार्ता भएको थियो । वार्तापछि विपक्षी र सत्तारुढ दलबीच सहमतिको वातारण बन्ने विश्वास गरिएको छ ।

gherau


  •  
  •  
  •