झारखण्ड प्रहरी र माओवादीबीच झडप, ४ जनाको मृत्यु

64
  •  
  •  
  •  

झारखण्ड । भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच झडप भएको छ ।

सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको हो ।

‘भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सीआरपीएफले जनाएको छ । भिडन्तमा मारिएका माओवादीबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन र चारवटा पाइप बम फेला पारेको छ ।


  •  
  •  
  •