बौद्धमा स्थानीय र प्रहरीबीच झडप

381
  •  
  •  
  •  

काठमाडौं, २६ वैशाख(ओएनएस) : काठमाडौंको चाबहिल–जोरपाटी सडकखण्डको कालोपत्रे गर्न ढिलाई भएको भन्दै विरोधमा उत्रिएपछि स्थानीय र प्रहरीबीच बिहीबार झडप भएको छ ।

विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको हो ।
आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास प्रहार गरेको थियो ।

चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन थालेका हुन् । प्रहरीले स्थानीयका घरभित्रै प्रवेश गरेर लाठी प्रहार गरेको स्थानीयले बताएका छन् ।

बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका थिए ।
प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएको बताइएको छ ।  आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड अहिले ठप्प भएको छ ।


  •  
  •  
  •