आत्मसमर्पण क्रान्तिप्रति गद्दारी : घनश्याम भुसाल

514
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गर्न लागिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएको उल्लेख गर्दै आत्मसमर्पण भने क्रान्तिप्रति गद्दारी हुने बताएका छन् ।

भुसालले जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा नउभिए केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिने संकेत गरेका छन् ।

नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना भएपछि दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन् ।

भुसालले नाम नलिई विदेशी शक्तिले प्रतिनिधिसभा विघटनको बाटोमा लैजान खोजेको संकेत गरेका छन् । उनले हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजित गर्न लागेको उल्लेख गरेका छन् ।

 


  •  
  •  
  •