घले गाउँमा सदावहार माला

362
  •  
  •  
  •  

घलेगाउँ, १७ वैशाख (ओएनएस) : मानिसहरुलाई सभासमारोहमा सम्मान थाप्दा फूलमाला लगाइदिइन्छ । ठूलाबडा, गन्यमान्यहरुलाई पनि बेलामौकामा फूलमाला लगाइदिएर स्वागत गर्ने चलन छ । तर सामान्य मानिसहरुले फूलमाला भाइटीकामा लगाउँछन्, त्यसबाहेक बिरलै ।
तर त्यही माला भने लमजुङ्गको घलेगाउँमा सदावहार जस्तै छ । त्यहाँ पुगेका अधिकांश आन्तरिक र बाह्य पर्यटकहरुलाई स्वागत गर्दा घलेगाउँबासीले माला पहिर्याइदिन्छन् ।
दैलेखबाट पहिलो पटक घलेगाउँ पुग्दा सामाजिक परिचालक निरकबहादुर शाहीलाई फूलमालाले स्वागत गरियो । ‘भाइटीकामा लगाइन्थ्यो माला यसरी’ शाहीले भने, ‘घलेगाउँमा त भाईटीकालाई कहिल्यै पर्खिनु नपर्ने रहेछ । सदावहार माला । जैले पनि ।’
२०५७ सालमा पहिलो पटक अन्नपूर्ण संस्थाकै सहयोगमा घलेगाउँ महोत्सव सञ्चालन गरि गाउँलाई चिनाएको बुढापाका बताउँछन् । ‘हामीलाई थाहा थिएन, हाम्रो गाउँको प्रेम घलेले महोत्सव बनाउन भन्यो । हामीले पनि साथ दियौं अहिले देश विदेशका मान्छे हाम्रो संस्कार र संस्कृति हेर्न आउँछन्’ ६० वर्षिय पुर्णबहादुर गुरुङले भने ।
‘पहिला गाउँका सबै लाहुरेमा थियौं, आजभोली कोही खाडी मुलक कोही वेसीसहरमा छन् गाउँमा बुढापाका र महिला मात्र छन्’ उनले भने । त्यतिवेला लाहुरे गाउँ भनेर चिनिने घले गाउँ आजभोली होमस्टेको नमूना गाउँ बन्दै गएको लम्जुङ्गबासी बताउँछन् ।
समुद्र सतहदेखि दुई हजार एक सय मिटरको उचाईमा रहेको गाउँमा माथितिर अन्नपूर्ण दोस्रो, माछापुच्छ«े लमजुङ हिमाल, मनास्लु, हिमालचुली र डाक्टर हर्क हिमाल(माविचुली) हिमालहरु पर्दछन् भने गाउँको उत्तरतिर सातवटा पानीका कुवा रहेका छन् । आन्तरिक पर्यटक भन्दा बाह्य पर्यटक वढी आउने हुनाले होमस्टेमा प्रति घरधुरीले मासिक ८० हजार कमाउने गरेको दिर्घ घलेले बताए । होमस्टेमा अधिकांश शोधखोज र मनोरञ्जन गर्ने दृष्टिले आउने गर्छन् ।
घलेहरुले राज्य गर्ने समयमा त्यही कुवाबाट पानी खाने गरेको स्थानीय बताउँछन् । तीनै कुवाको नामबाट गाविसको नाम उत्तरकन्या नामाकरण गरिएको बुढापाका बताउँछन् । घले गाउँको वडा नं १ देखि तीनसम्म जम्मा एकसय १५ घरधुरी रहेका छन् भने जसमध्ये २५ घरधुरी दलितका रहेको महिला अगुवा ओमकुमारी गुरुङले बताइन् । होमस्टेबाट संकलन भएको पैसाले गाउँको विकास महोत्सव र ढुकुटीमा खर्च गर्ने गरिन्छ ।
वेसीसहरबाट २४ किलोमिटर टाढा रहेको घलेगाउँमा केही वर्ष अघि ट्रयाक खोलिएपछि जीप र मिनीवस आवत जावत गर्न थालेका छन् ।
bf53bda39402655bf0d2071244365909

  •  
  •  
  •