हिमपातले भएको क्षतिप्रति एनआरएनद्वारा दुःख व्यक्त

86
  •  
  •  
  •  

काठमाडौं २ कात्तिक (ओएनएस) : गैरआवासीय नेपाली संघले मौसमबारे अनुमान गर्न राम्रो प्रविधि राख्न र उद्वारका लागि उपयुक्त तयारी गर्न आग्रह गरेको  छ ।

संघका अध्यक्ष शेष घलेले विज्ञप्ति निकाल्दै हुडहुड आँधिको प्रभावका कारण परेको हिमपातमा अन्नपूर्ण क्षेत्रमा धेरै पर्यटकले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै यस्ता घटनाबाट बच्न उचित सुरक्षा व्यवस्थाको तयारी गरेर नेपाललाई सुरक्षित पर्यटकीय गन्तब्यका रुपमा चिनाउन आग्रह गरेका छन् ।

उनले नेपालका लागि पर्यटन आर्थिक तथा समाजिक विकासका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै ज्यान गुमाएकाका परिवार र प्रभावित व्यक्तिलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन् ।


  •  
  •  
  •