त्रिशुलीमा खस्याे ट्रक, दुई घाम्भीर घाइते

323
  •  
  •  
  •  

काठमाडाैँ, १ बैशाख (अाेएनएस) : त्रिशुलीमा ट्रक खस्दा चालक र सहचालक गरी दुई जना घाम्भीर घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना५ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा उनीहरु गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेको नाम, थर खुल्न सकेको छैन ।

बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखेपछि उनीहरूको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको हो । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ ।


  •  
  •  
  •