महिला उत्पीडनविरुद्ध टेलिभिजन सिरियल ‘घाइते मुटु’

96
  •  
  •  
  •  

काठमाडौं । गायिका सोनिया डिसी र गोपाल बटालाले महिला उत्पीडनविरुद्ध टेलिभिजन सिरियल ‘घाइते मुटु’ सार्वजनिक गरेका छन्।

खासगरी ग्रामिण भेगमा महिलाले परिवार, छरछिमेक र समाजबाट हरेक दिन भोग्नु परेका पीडालाई कलात्मक रुपमा सिरियलमा उतारिएको छ।

हालै सार्वजनिक भएको पहिलो भागमा रजश्वला भएकी युवतीले आफ्नै बिरामी आमालाई छुन नपाउँदा आमाको ज्यान नै गएको दृश्य मार्मिक तरिकाले देखाइएको छ।

बसन्त खनालको निर्देशनमा तयार भएको उक्त सिरियलको गोपाल बटालाले व्यवस्थापन गरेका छन्। सिरियलमा भुपाल कार्की, गोपाल बटाला, लक्ष्मी लामा, मधु दुश्मन, दीप श्रीपाली, सम्राट घिमिरे, रिदम महत लगायत कलाकारले अभिनय गरेका छन्। क्यामेरा र सम्पादनमा आर डी राधा दुलालको भूमिका छ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •