प्रदर्शनकारी र प्रहरीबीच झडप

135
  •  
  •  
  •  

काठमाडौं । लोकसेवा आयोगको विज्ञापनको विरोधमा मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरिएको छ । आरक्षण बचाउ आन्दोलनको नेतृत्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाले साथ दिएका छन् ।

बालुवाटार घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच मंगलबार दिउँसो झडप समेत भएको छ ।  केही समय अवस्था असामान्य भएपनि प्रदर्शनकारीहरुले सडकमै बसेर धर्ना दिएका थिए ।

लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेज गर्दै आरक्षणसहित नयाँ विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने अभियन्ताले जनाएको छ ।

यसअघि आइतबार सिंहदरबार घेराउ गर्ने भन्दै काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिरहेका ‘आरक्षण बचाऔँ आन्दोलन’ का १८ जना अगुवाहरुलाई प्रहरीले पक्राउ गरेका थियो ।


  •  
  •  
  •