प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

दुवैतर्फ १/१ जनाको मृत्यु
132
  •  
  •  
  •  

भोजपुर । भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ । गोली हानाहान हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान दुई पक्षबीच भिडन्त हुँदा प्रहरीका एक तथा विप्लव समूहका एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अुनसार भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लवका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको छ ।

घटना सदरमुमा रहेको शनिबारे हाट लाग्ने ठाउँमा भएको हो । विप्लव समूहका कार्यकर्ता र प्रहरीको भेट हुँदा विप्लव समूहका कार्यकर्ताले गोली हानेपछि जवाफी कारबाहीका रुपमा गोली हानेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


  •  
  •  
  •