उपाधिको खोजीमा जर्मनी र अर्जेन्टिना

203
  •  
  •  
  •  

काठमाडौं, २९ असार (एजेन्सी) । दुईपटकको उपाधि च्याम्पियन अर्जेन्टिना तीनपटकको च्यामिपयन जर्मनीलाई पाखा लगाउने साेंचमा छ ।

दक्षिण अमेरिकी मुलुकमा युरोपीयन टिमलाई रोक्नु अर्जेन्टिनको पहिलो कर्तव्य हुनेछ । दुवै टोली उस्तै दमदार टिमका रूपमा मान्छिन् । जर्मनी बढी आत्रमक खेल खेल्छ भने अर्जेन्टिना लियोनल मेसीमा बढी भरपर्ने गरेको छ । आइतबार राति पौने १ बजे रियो द जेनेरियोस्थित मरकाना स्टेडियममा मैदानमा उत्रँदा दुवै टोली उपाधि जित्ने होडमा देखिनेछन् । भएभरको शक्ति लगाउनुु दुवैका लागि दबाब छ ।

सन् १९७८ र सन् १९८६ मा गरी दुईपटक उपाधि हात पारेको अर्जेन्टिना सन् १९९० पछि पहिलोपटक फाइनलमा पुगेको हो । पछिल्लोपटक सन् २०१० मा अर्जेन्टिना जर्मनीसँग ४–० ले पराजित हँुदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो त्यसको बदला लिन पनि अर्जेन्टिनालाई फाइनलमा उत्कृष्ट खेल्न्पर्ने देखिन्छ ।

हुनत अर्जेन्टिना र जर्मनीबीचको खेल सधैं उत्तारचढाबका रूपमा रहने गरेको छ । यी दुईबीच अहिलेसम्म भएका २० म्याचमा अर्जेन्टिनाले नौ खेल आफ्नो पक्षमा पार्दा जर्मनीले मात्र ५ खेल आफ्नो पक्षमा पारेको छ । पाँच खेल भने बराबरीमा सकिएको छ । तर, पछिल्लो समयका खेलमा अर्जेन्टिनमाथि जर्मनी बढी हावी भएको छ । सन् २००६ मा पनि जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।

सन् २००२ को खेलमा भने अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको थियो । जसमा नाइजेरियालाई १–० ले हराएको भए पनि इंग्ल्याण्डसँग १–० ले हार व्यहोर्दा स्विडेनसँग भने १–१ को बराबरी खेलेको थियो । सन् १९९८ मा इंग्ल्याण्डसँग प्रिक्वार्टरमा हारेको थियो भने सन् १९९४ मा पनि प्रिकवार्टरमै रोमानियासँग ३–२ ले हारेको थियो । उता सन् १९५४, सन् १९७४ र सन् १९९० मा गरी तीनपटक उपाधि हात पारेको जर्मनी बढी अनुभवी टिम पनि हो ।

सन् २०१०, सन् २००६ र सन् २००२ मा समेत गरी लगातार चारपटक सेमिफाइनलबाट बाहिरिएको जर्मनी यसपटक पनि उपाधि हात पार्ने योजनामा छ । सन् २०१० मा जर्मनी सेमिफाइनलमा स्पेनसँग १–० ले पराजित भएको थियो भने तेस्रो स्थानको खेलमा जर्मनीले उरुग्वेलाई ३–२ ले हराएको थियो ।

सन् २००६ मा इटालीसँग २–० ले सेमिफाइनलमा पराजित भएपछि भएको तेस्रो स्थानको खेलमा भने जर्मनीले पोर्चुगललाई ३–१ ले हराएको थियो । सन् २००२ मा भने जर्मनी फाइनलमा ब्राजिलसँग २–० ले पराजित भएको थियो । पछल्लोपटक सन् २०१२ मा यी दुईबीच भएको एक मैत्रीपूर्ण म्याचमा अर्जेन्टिना ३–१ ले विजयी भएको थियो ।

अहिलेको विश्वकपमा पनि जर्मनीलाई अर्जेन्टिनामाथि जित हात पार्न कठिन मिहिनत गर्न आवश्यक छ । जर्मनीका डिफेन्डर बेनेडिक्ट होविडसले मेसीलाई रोक्न एक्लो प्रयासले नहुले बताउँदै त्यसका लागि टिमको एकता आवश्यक रहेको बताए ।

उनले भने, ‘मेसी उत्कृेष्ट फुटबलमध्ये एक हुन्, उनलाई रोक्न सानो सोंचले पुग्दैन । हुनत मेसीले नकआउट चरणमा आएर आफ्नो गोल गर्नभन्दा गोलका लागि पास मिलाइदिने भूमिका निभाउँदै आएका छन् ।

अर्जेन्टिनाका प्रशिक्षक सोबेलाले जर्मनी बलियो दाबेदार भए पनि अर्जेन्टिनाले भएभरको शक्ति लगाउने जनाएका छन् । उनले आफ्ना खेलाडी थोकेको जनाउँदै जर्मनीले अधिकांश खेलको निर्णय ४५ मिनेटभित्रै गर्ने गरेको भए पनि अर्जेन्टिनाले अन्तिममा मात्रै स्कोर गर्ने गरेको जनाए । पछिल्लोपटक सन् १९९० मा जर्मनी रअर्जेन्टिना फाइनलमा भिडेका थिए ।

यसपटक पुनः त्यही दोहोरिएको छ । डिएगो म्यारोडोनाको अर्जेन्टिनालाई त्यतिबेला जर्मनीले १–० ले खेल जितेको थियो । त्यसको चार वर्षअघि भने अर्जेन्टनाले जर्मनीलाई ३–२ ले हराएर उपाधि जितेको थियो । त्यसैले पनि यसपटकको फाइनललाई सन १९९० मकनो पुनरागमनका रूपमा हेरिएको छ ।


  •  
  •  
  •