जर्मनी टोलीलाई विपत्ती, मुलरसहित सात खेलाडीमा फ्लुको सक्रमण

322
  •  
  •  
  •  

एजेन्सी– चौथोपटक विश्व कप च्याम्पियन बन्ने सपना देखिरहेको जर्मन फुटबल टोलीलाई ठुलो आपत आइपरेको छ । जर्मनीका सात खेलाडीलाई फ्लु रोग रोगको संक्रमण देखिएपछि विश्वकप उपाधिको दावेदार जर्मनीलाई विपत्ती आइलागेको हो । शुक्रबार जर्मनीले सेमिफाइनल प्रबेशका लागि फ्रान्सबिरुद्ध खेल्दैछ । क्वाटरफाइनल खेलअगाडि सात खेलाडीलाई फ्लु भएको आशंका भएपछि अफिसियल तथा प्रशिक्षकले सोच्न नै सकिरहेका छैनन् । प्रिक्वार्टफाइनलमा अल्जेरियालाई हराउँदा जर्मनीले निकै मेहनत गर्नु परेको थियो । अल्जेरियासँगको खेलमा सोचेजस्तो प्रदर्शन नभएपछि सबै खेलाडीको रगत र पिसाब परीक्षण गरियो । जसमध्ये सात खेलाडीलाई रोग लागेको देखिन्छ । तर जर्मनी टोलीले भने खेलाडीलाई रोग नलागेको दाबी गरेको छ । गोल्डेन बुट पछ्याइरहेका थोमस मुलरसहित माट्स हुमेल्स तथा क्रिस्टोफर क्रमेरका रगतमा फ्लुको संक्रमण भेटिएको छ । प्रशिक्षक जोचिम लोउले पनि आफ्ना स्टार खेलाडीहरुलाई रोग लागेको बताएका छन् । उनले निर्णायक खेलमा सातै खेलाडीलाई फ्रान्सविरुद्ध मैदानमा उतार्ने बताए ।

 

नयाँ पत्रिका दैनिक


  •  
  •  
  •