१४२ यात्रु बोकेको जर्मन विमान दुर्घटनाग्रस्त

162
  •  
  •  
  •  

१० चैत, (एजेन्सी) : फ्रान्सको दक्षिणी एल्प्स पर्वत श्रृंखलामा जर्मनविग्सकाे एक एयरबस दुर्घटना भएको छ । फ्रेञ्च प्रहरीले जनाएअनुसार जर्मनविग्सकाे ए३२० विमान दुर्घटनाग्रस्त बनेको हो ।

प्रहरीका अनुसार विमान एल्प्स पर्वत श्रृंखलाको बार्सिलोना र डिग्नेको बीचमा दुर्घटना भएको हो । उक्त विमान स्पेनको बार्सिलोनाको लागि उडेको थियो ।

विमानमा १४२ यात्रु र ६ चालक दलका सदस्य सवार थिए । विमानमा सवार सबै यात्रुको ज्यान गएको फान्सका आधिकारीहरुले आशंका गरेका छन् ।


  •  
  •  
  •