ट्रेनिङ्ग छाडेर गेरार्ड शाकिरासँग घूम्दै

210
  •  
  •  
  •  

काठमाडौ, २१ साउन(एजेन्सी) : स्पेनका स्टार फुटबलर गेरार्ड पिक्यु आफ्नी पप स्टार गर्लफ्रेण्ड शाकिरासँग घूम्न निस्किएका छन् । उनले यो यात्रा यस्तो समयमा गरेका छन्, जहिले बार्सिलोनाको लागी प्री-सीजन ट्रेनिङ्ग (अभ्यास सत्र) मा जानुपर्ने थियो ।

gerard pique with sakiraयो ट्रेनिङ्ग सुरू भएपछि पिक्युलाई गर्लफ्रेण्डसँग समय बिताउन समय पाउनेछैनन् । उनीहरूको यात्रामा उनका छोरा मिलान पनि साथमा छन् ।

बार्सिलोनाको लागी सेन्टरब्याकमा खेल्ने गेरार्डले गर्लफ्रेण्ड शाकिरा र छोरा मिलानको साथमा घुम्दाका समयका तस्विरहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेका छन् । यी दुई सेन्ट जर्ज पार्कस्थित आफ्नो घरमा समेत गएका थिए । अहिले शाकिरा गर्भवती भएको खबरहरू पनि सञ्चारमाध्यमहरूमा आइरहेका छन् । यस विषयलाई गेरार्ड र शाकिराका नजिकका आफन्तले समेत पुष्टी गरेका छन् । तर, गेरार्डले यस विषयमा केही बोलेका छैनन् ।


  •  
  •  
  •