जियोनीको एम सेरिजको मोवाइल बजारमा

480
  •  
  •  
  •  

GioneeMarathonM3काठमाडौं, १४ मंसिर (ओएनएस) : जियोनीको एम सेरिजको मोवाइल फोन बजारमा आएको छ । ५ हजार एमएएच ब्याट्री भएको यो मोबाइलमा  ३३ दशमलव ७ घण्टासम्मको टकटाइम र ३२ दशमलव ८ दिनको स्ट्याण्डबाइ टाइम दिन्छ ।

ओटिजी रिभर्स चार्ज, ओटिजी डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रीन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषता छन् ।
१दशमलव ३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एचडी डिस्प्ले, डिटीएस साउण्ड, ८ मेगापिक्सेलक्यामरा र २ मेगापिक्सेल फ्रण्ट  क्यामेराजस्ता सुविधा छन् ।

यसमा गोरमेट मोड पनि उपलब्ध छ जसले गर्दा खानाको फोटोहरुलाई अझै स्वादिष्ट देखाउन सकिन्छ । डिसेम्बर देखि जियोनीका सबै डिलरहरुमा नेपालभर यो मोबाइल फोन उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ ।


  •  
  •  
  •