जियोनीको नयाँ स्मार्टफोन नेपाली बजारमा

181
  •  
  •  
  •  

gionee_1416296051काठमाडौं, २ मंसिर(ओएनएस) : जियोनीले  नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउने भएको छ ।

जियोनीले इलाइफ एस ५दशमलव १ मोडलको स्मार्टफोन बजारमा ल्याउन लागेको हो । मोबाइलको डिजाइनले धेरैलाई आश्चर्य चकित पार्ने कम्पनीको दावी छ ।

यो मोबाइलमा भएको ४ दशमलव ८ इञ्चको एमोलेड डिस्प्लेका कारण प्रयोकर्ताले अत्यधिक चम्किलो रङको अनुभव गर्न सक्छन् । त्यस्तै १ दशमलव ८ एमएम साँघुरो वेजलले प्रयोगकर्तालाई ठूलो डिस्प्लेमा हेर्ने अवसर प्रदान गर्ने बताएको छ ।

यसमा ८ मेगापिक्सलको रेयर क्यामराले जिवन्त तस्विर कैद गर्न सकिन्छ । त्यस्तै ५ मेगापिक्सेलको फ्रण्ट क्यामराबाट राम्रो सेल्फी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।  साथै यस मोबाइलबाट फोटो खिचिसकेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर फोटोलाई थप सुन्दरता दिन सकिन्छ ।

यो स्मार्टफोनमा फेक कल, ओटीजी मोड, डीटीए मोड, फ्लिप अलार्म जस्ता बिल्ट इन एप्स रहेको छ ।

साथै,यसमा ओक्टाकोर १ दशमलव ७ गिगाहर्ज प्रोसेसर, १ जीवी र्याम र १६ जीबी इण्टर्नल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लासलगायत सुविधाहरु छन् । मोबाइल आगामी सातादेखि जियोनीका सम्पूर्ण अधिकृत वितरकमा उपलब्ध हुने कम्पनीले बताएको छ ।


  •  
  •  
  •