महान्यायाधीवक्ता भण्डारीद्वारा सपथग्रहण

176
  •  
  •  
  •  

]

काठमाडौं, २ भदौ (ओएनएस) : नवनियुक्त महान्यायाधीवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गराएकी हुन् । वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधीवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सरकारकै सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले भण्डारीलाई महान्यायाधीवक्तमा नियुक्त गर्दै आजै सपथग्रहण गराएकी हुन् । भण्डारीले आजै आजै कार्यभार सम्हाल्दै छन् । 

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान्यायाधीश गोपाल पराजुली लगायतको पनि उपस्थिति थियो ।


  •  
  •  
  •