रितेश र जेनेलियालाई पुत्रलाभ

95
  •  
  •  
  •  

बलिउड अभिनेता रितेश देशमुख पिता बनेका छन् । मंगलबार उनकी पत्नी तथा नायीका जेनेलिया डिसुजाले छोरालाई जन्म दिएकी हुन् ।

रितेशले यसबारे जानकारी आफ्नो ट्विटर एकाउण्ट मार्फत दिएका थिए । उनले आफ्नो ट्विटरमा लेखेका थि‍ए, ‘It’s a BBBOOOOYYYYY !!!!!!’

genelia-and-riteish-deshmukh-welcomed-baby-boyरितेशको यो ट्विटपछि अभिषेक बच्चन, करण जोहर, अरबाज खान, दिया मिर्जा, तुषार कपुर सहित कयौ बलिउड सेलिब्रेटीहरूले रितेश र जेनेलियालाई बधाई दिएका छन् ।

रितेश र जेनेलियाको लामो अफेयरपछि सन् २०१२मा विवाह भएको थियो । दुईबीचको प्रेम सन् २००३ मा सार्वजनिक भएको चलचित्र ‘तुझै मेरी कसम’ को क्रममा भएको छ ।

genelia-and-riteish-deshmukh-welcomed-baby-boy1

 


  •  
  •  
  •  

Comments are closed.