लैंगिक समानतामा नेपाल ११० औँ स्थानमा

223
  •  
  •  
  •  

gender gapकाठमाडौँ, १२ फागुन(ओएनएस) : लैंगिक समानताको आधारमा नेपाल विश्वको ११० औँ स्थान रहेको एक अध्ययनले देखाएको छ ।

विश्वमा लैंगिक समानताको अवस्थाबारे सन् २०१ ५ मा गरिएको अध्ययनमा नेपाल ११० औँ स्थानमा रहेको हो । वर्ल्ड इकोनोमिक फोरमले १ सय ४५ वटा देशहरूमा गरेको सर्वेक्षणमा आइसल्याण्ड पहिलो स्थानमा रहेको छ भने यमन सबैभन्दा अन्तिम अर्थात् १४५ औँ स्थानमा रहेको छ ।

सबैभन्दा बढी समानता भएको देशलाई १ अंक र कम समानता भएको देशलाई शून्य अंक दिने गरी गरिएको उक्त सर्वेक्षणमा आयरल्याण्डको ०.८८१ अंक रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेको नर्वेको ०.८५०, तेस्रो स्थानमा रहेको फिनल्याण्डको ०.८५०, चौथो स्थानमा रहेको स्वीडेनको ०.८२३, पाँचौ स्थानमा रहेको आयरल्याण्डको ०.८०७ रहेको छ ।

यस्तै, ११० औँ स्थानमा रहेको नेपालको ०.६५८ अंक रहेको छ । अन्य दक्षिण एसियाली राष्ट्रहरूमा ०.७०४ अंकका साथ बंगलादेश ६४ औँ स्थानमा, ०.६८६ अंकका साथ श्रीलंका ८४ औँ स्थानमा, ०.६६४ अंकका साथ भारत १ सय ८ औँ स्थानमा, ०.६५२ अंकका साथ माल्दिभ्स ११३ स्थानमा, ०.६४६ अंकका साथ भुटान ११८ औँ स्थानमा, ०.५५९ अंकका साथ पाकिस्तान १४४ औँ स्थानमा रहेको छ ।

यसैगरी अन्तिम स्थानमा रहेको यमनको ०.४८४ अंक रहेको छ ।


  •  
  •  
  •