काठमाडौं, असोज (एजेन्सी)– भारतमा एक व्यक्तिले लिंग परिवर्तन गराएपछि जागिरबाट हात धुनु परेको छ।
मुम्बईस्थित इन्डियन नेबिमा सात वर्ष अघि पुरुषको रुपमा सिपाहीको पदमा कार्यरत एक व्यक्तिलाई लिंग परिवर्तन गराएको आरोपमा जागीरबाट बर्खास्त गरिएको हो।
सन् २०१६ मा नै २८ वर्षीय मनीषकुमार गिरी नामका ती व्यक्तिले पुरुषको लिंगलाई महिलाको लिंगमा परिवर्तन गरिसकेका थिए । करिब एकवर्ष पछि कार्यालयका अधिकारीहरुले शंकाको आधारमा मनीष कुमार गिरीमाथि निगरानी राखेको थियो।
निगरानीको क्रममा उनलाई महिलाको भेषमा पक्राउ गरिएको जनाइएको छ। उनले रिअसाइन्मेन्ट सर्जरी सेन्टरमा गएर आफ्नो लिंग परिवर्तन गराएको बताइएको छ।
मनीषले पनि आफूले लिंग परिवर्तन गराएको कुरा स्वीकार गरिसकेका छन्। इन्डियन नेबिको सेलर पदमा केवल पुरुषहरुलाई मात्र जागिर दिइन्छ।