गीतकार राईको ‘कहीँ चोट’ सार्वजनिक

149
  •  
  •  
  •  

काठमाडौं । कवि तथा गीतकार दीपा राई पुनको गीत ‘कहीँ चोट’ सार्वजनिक भएको छ ।

पुनको शब्द रचना, गायक शिव परियाको स्वर रहेको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ ।
प्रवासमा रहेर साहित्य सिर्जनामा साधनारत पुनले पछिल्लो समय गीत लेखनमा समेत सक्रियता देखाउँदै आएकी छिन् ।

गीतको शनिबार वरिष्ठ कवि मञ्जुलले उनै कवि तथा गीतकार पुनको ‘कहीँ चोट’ गीतको अडियो एवं भिडियो सार्वजनिक गरेका हुन् ।

समारोहमा कवि तथा गीतकार श्रवण मुकारुङले गीत जीवनवादी एवं आशावादी रहेको टिप्पणी गरे ।
‘गीतले गहिरो भाव अनि मानवीय मूल्य बोकेको छ, समग्रमा एउटा सुन्दर रचना नेपाली गीतसंगीतले पाएको छ’, मुकारुङ टिप्पणी गरे ।

गायक शिव परियारले आफुले पछिल्लो समयमा गीत छनौट गरेर मात्र गाउने गरेको बताए ।
गीतको शब्द र संगीत चित्त बुझेपछि मात्र आफुले गाउने गरेकोमा यो गीत दुवैपक्षवाट सशक्त लागेपछि मात्र आफुले गाएको बताए । संगीतकार हरि लम्साल, कवि विप्लव प्रतिक लगायतले गीतको प्रशंसा गरे ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •