अनमोल केसी ‘जेरी’ चखाउने तयारीमा (भिडियोसहित)

422
  •  
  •  
  •  

‘होस्टेल’ निर्देशक हेमराज बिसीको तेस्रो फिल्म ‘जेरी’ को ट्रेलर सार्वजनिक भएको छ । गोप्यरुपमा निर्माण गरिएको फिल्ममा भुवन केसीका छोरा अनमोल केसीले मुख्य भूमिकामा अभिनय गरेकाछन् । युवापुस्तालाई लक्षित गर्दै बनाएको फिल्म पूर्णतया प्रेमकथामा बनेको छ ।

फिल्ममा अनमोल सहित अन्या शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचनले मुख्य भूमिकामा अभिनय गरेकाछन् । जेरीलाई निर्देशक बिसीले लेखेकाहुन भने मनोज शेरचनले निर्माण गरेकाहुन् । फिल्म कर्तिक २८ मा रिलिज हुने छ । हेमराजले निर्देशन गरेको दोस्रो फिल्म ‘सम्बोधन’ यही माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै अनमोललाई नै लिएर हेमराजले अर्को फिल्म निर्देशन समेत गर्दैछन् ।


  •  
  •  
  •