रक्षा रेग्मी
काठमाडौ २६ असार (ओएनएस)। नेपालको बार्षिक प्रतिव्यक्ति आय ७१ हजार ३ सय ५ रुपैयाँ पुगेको छ ।
अर्थ मन्त्रालयले विहीवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७०÷७१ ले उक्त कुरा देखाएको हो ।
प्रतिव्यक्ति आय ६२ हजार ६ सय ७७ रुपैयाँबाट बढेर ६१ हजार पुगेको हो । यो गत आवको तुलनामा करिव १५ प्रतिशतले बढी हो । यसमा विदेशमा गएका नेपालीको आम्दानी समावेश नगरिएको अर्थ मन्त्रालयल जनाएको छ ।
त्यस्तै, चालु आवमा नेपालीको खर्च योग्य आम्दानी (पर्चेजिङ पावर प्यारिटी) करिव २० प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ । नेपालीको खर्च योग्य आम्दानी ९३ हजार १ सय रुपैयाँ छ । गत आवमा सो आम्दानी ८० हजार ९ सय ६४ रुपैयाँ थियो ।
आर्थिक बृद्विदर ६ बर्ष यताकै उच्च
यस बर्ष आर्थिक वृद्विदर ६बर्ष यताकै उच्च रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
विहीवार सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार चालु आवको आर्थिक बृद्विदर ५ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको छ । सवै भन्दा कम २०६३÷०६४ मा २ दशमलव ८ प्रतिशत आर्थिक बृद्वि भएको थियो । यस अघि २०६४÷६५ मा सबैभन्दा बढी ५ दशमलव ८ प्रतिशत पुगेको थियो ।
त्यस्तै नेपालको कूल ग्राह्स्थ उत्पादन (जीडीपी) १९ खर्व २८ अर्व ५० करोड पुगेको छ । अघिल्लो आवमा नेपालको जीडीपी १६ खर्व ९२ अर्व थियो ।
त्यसैगरी आवमा बजेट घाटा ८६ अर्व ७० करोड रहने अनुमान मन्त्रालयले गरेको छ । आर्थिक बर्ष २०६९÷७० मा वजेट घाटा ६३ अर्व ८३ करोड रहने अनुमान गरिएपनि २४ अर्व ७१ करोड पुगेको थियो ।