विश्वकपमा क्रिस गेलको सनसनी, कीर्तिमानको ओइरो

188
  •  
  •  
  •  

१२ फागुन (एजेन्सी) : विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजका ओपनर क्रिस गेलले सनसनीपूर्ण ब्याटिङ गरेका छन् ।

जिम्बाबेबिरुद्धको खेलमा गेलले दोहोरो शतक प्रहार गर्दै विश्वकप क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन् । गेलले १९ महिनापछि शतक प्रहार गर्ने क्रममा दोहोरो शतक हिर्काएका छन् । अष्ट्रेलियाको क्यानाबेरामा भएको खेलमा गेलले २१५ रन प्रहार गरे ।

सम्हालिएर ब्याटिङ गरेका गेलले इनिङको अन्तिम बलमा आउट हुनुअघि १४७ बल खेल्दै १६ छक्का र १० चौका प्रहार गरे । यो स्कोर छिटो दोहोरो शतक रेकर्ड समेत हो ।  एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने गेल पाँचौ खेलाडी बनेका छन् ।

भारतका रोहित शर्माको २६४ र भारतकै विरेन्द्र सेहवागको २१९ रन पछि गेल एकै इनिङमा सबैभन्दा बढि रन प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यस्तै गेलले एकै इनिङमा सबैभन्दा बढि छक्का प्रहार गर्ने रेकर्ड पनि बराबरी गरेका छन् ।

गेलले भारतका रोहित र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले प्रहार गरेको १६ छक्कासँग बराबरी गरेका हुन् । मार्लाेन स्यामुयल्स्सँग द्रोस्रो विकेटको लागि ३७२ रनको साझेदारी पनि विश्वकपको अर्काे रेकर्ड हो । स्यामुयल्स् पनि शतकीय पारी खेल्ने क्रममा १३३ रनको प्रहार गरे ।

रनको खाता नै नखोली ओपनर ड्वाइन स्मिथलाई गुमाएको वेस्ट इन्डिजले २ विकेटको क्षतिमा ३७२ रन जोड्यो ।


  •  
  •  
  •