ट्विटरमा आफ्नो प्रचार गरेको आरोपमा एक व्यक्तिलाई ३ वर्ष जेल

113
  •  
  •  
  •  

काठमाडौ, ११ साउन(एजेन्सी): विश्वको सबैभन्दा कडा कानुन रहेको साउदी अरेबीयामा एक तेस्रो लिङ्गीले ३ वर्षको जेल सजाय र ४ सय ५० कोर्राको सजाय पाएका छन् । उनलाई साउदी अरेबियाको एक जेलले ट्विटरमा आफ्नो प्रचार गरेको आरोपमा उक्त सजाय दिएको हो ।

२४ वर्षीय लिङ्गीलाई ट्विटरमा तेस्रो लिङ्गीसँग भेट्न र सम्बन्ध राख्न चाहेको ट्विट गरेका थिए । ट्विटरमा पोष्ट गरेपछि ट्विटरमा नजर राखिरहेका प्रहरीले उनलाई पक्राउ गरेका थिए । उनलाई पक्राउ गरिएपछि उनको मोबाइल फोन पनि चेक गरिएको थियो । उक्त फोनमा विभिन्न खाले अश्लिल तस्विरहरू भेटिएको थियो ।

अनुसन्धानका क्रममा उनले आफूले माइक्रोब्लगमार्फत तेस्रो लिङ्गीहरूसँग सम्पर्क गर्ने र उनीहरूसँग कुराकानी गर्ने गरेको बताएका छन् । उनको यस्तो बयान सुनेपछि अदालतले उनलाई १५ पटकमा ४ सय ५० कोर्रा हान्ने र ३ वर्षको जेल सजाय सुनाएको हो ।


  •  
  •  
  •