गौतम श्री वालमार्ट सञ्चालनमा

262
  •  
  •  
  •  

Gautamshree Logo_Sept 07

काठमाडौं २५ असोज (ओएनएस) : गौतम श्री वालमार्ट तथा गौतमश्री डेरीले काठमाडौंको कुलेश्वरमा शनिबार देखि औपचारिक कारोबार शुरु गरेको छ ।

पहिलो चरणमा ग्रोसरी सामाग्रीको कारोबार शुरु गरेको गौतमश्री ग्रुपले शनिबार देखिनै आफ्नो उत्पादन दुध,दहि,पनिर लगायत दुधबाट बन्ने बिभिन्न परिकारको पनि कारोबार शुरु गरेको हो  ।

5काभ्रेको पात्लेखेतमा गाई फार्म राखेका राम बहादुर गौतमको एकल लगानी रहेको सो मार्टमा अर्गानिक तरकारी, मुस्ताङको स्याउ लगायतका फलफुल,आफ्नै फार्मबाट उत्पादित बिभिन्न तरकारी र शुद्ध दुधको कारोबार भइरहेको छ ।

1(1)सानो स्केलबाट शुरु गरेको यो मार्टलाई चेन मार्टको रुपमा अगाडी बढाउन लागिएको लगानीकर्ता गौतमले जानकारी दिए । यसको सफलतापछि उपत्यकाका अन्य स्थानमा पनि शाखा बिस्तार गरिने उनले जानकारी दिए । मार्टमा ग्रोसरी,देशी तथा बिदेशी मदिरा पनि उपलब्ध गराइने बताए ।

उद्दघाटन समारोहमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री गोकर्ण विष्ट तथा एकिकृत माओवादीका नेता अग्नि खरेल उपस्थित थिए ।


  •  
  •  
  •