गौतमबुद्ध बिमानस्थलको निर्माण माघ १ देखि सुरु हुने

284
  •  
  •  
  •  

रुपन्देही, पुस २९ (ओएनएस) : गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणकार्य औपचारीक रुपमा माघ १ गतेबाट सुरु हुने भएको छ । प्रधानमन्त्री सुशील कोईरालाले माघ १ गते  नेपालको दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलको शिलन्यास गर्ने तय भएको छ ।

शिलन्यास पछी औपचारीक रुपमा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सुरु हुन्छ । डिसेम्बर २०१७मा निर्माण सम्पन्न हुने गौतमबुद्ध बिमानस्थल स्तर उन्नती आयोजना (जिबिए)का प्रमुख मुरारी भण्डारीले जानकारी दिए ।

बिमानस्थलको निर्माण गर्ने जिम्मा चिनिया कम्पनिको रहेको छ । चिनको नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेशन समुहले सबैभन्दा कम मुल्यमा बिमानस्थल निर्माण गर्ने प्रस्ताब हालेको आधारमा चयन भएको थियो ।

बोलपत्र अनुसार नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया ९१ पैसामा बिमान स्थल निर्माण कार्य सम्पन्न गर्नेछ । कम्पनिले समय अगावै निर्माण सम्पन्न गरे सहुलियत र ढिला गरे जरीबानाको भागिदारी समेत बन्नु पर्नेछ ।

नागरीक उड्यन प्राधिकरण र नर्थवेस्ट कम्पनिबीच गत नोभेम्बरमा संझौता भएको थियो । निर्माण हुने बिमानस्थलको धावनमार्ग ३ हजार मिटरको हुने र बार्षिक ७ लाख ६० हजार हवाई यात्रुलाई थेग्ने गरी प्रथम चरणमा बिमानस्थलको निर्माण हुनेछ ।


  •  
  •  
  •