गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास

75
  •  
  •  
  •  

रुपन्देही, १ माघ (ओएनएस) : गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य औपचारीक रुपमा सुरु भएको छ । प्रधानमन्त्री शुशिल कोईरालाले बिहिबार भैरहवामा आयोजित एक कार्यक्रकका बीच नेपालको दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलको शिलान्यास गरेका हुन् ।

विमानास्थाल डिसेम्बर २०१७ सम्मामा निर्माण सम्पन्न हुने गौतमबुद्ध विमानस्थल स्तरउन्नती आयोजना (जिबिए)का प्रमुख मुरारी भण्डारीले जानकारी दिए ।

बिमानस्थलको निर्माण गर्ने जिम्मा चिनिया कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेशन समुहले सबैभन्दा कम मुल्यमा विमानस्थल निर्माण गर्ने प्रस्ताव हालेको आधारमा चयन भएको थियो ।  बोलपत्र अनुसार नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया ९१ पैसामा विमानस्थल निर्माण कार्य सम्पन्न गर्नेछ ।

निर्माता कम्पनीले यसको लागत ६ अर्ब ३० करोड रुपैयाँ अनुमान गरेको छ । विमानस्थलको लगानीकर्ता एसियाली विकास बैंक (एडीबी), पेट्रोलियम पदार्थ विक्रेता राष्ट्रहरुको समूह ओपेकको अन्तर्राष्ट्रिय सहयोग नियोग (ओएफआईडी) र नेपाल सरकार छन् ।

नागरीक उड्यन प्राधिकरण र नर्थवेस्ट कम्पनिबिच गत नोभेम्बरमा सम्झौताभएको थियो । निर्माण हुने विमानस्थलको धावनमार्ग ३ हजार मिटरको हुने र बार्षिक ७ लाख ६० हजार हवाई यात्रुलाई थेग्ने गरी प्रथम चरणमा विमानस्थलको निर्माण हुनेछ ।


  •  
  •  
  •