गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ

46
  •  
  •  
  •  

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि सहयोग जुटाउन महायज्ञा लगाइने भएको छ ।
आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको हो । पश्चिम चितवनको रामपुरमा अहिले रंगशाला निर्माणाधीन अवस्थामा रहेको छ ।

महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ ।

महायज्ञबाट रु ५० करोड संकलन गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।
मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल गर्नेछन् । धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणले निरन्तरता पाएको बताए । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।


  •  
  •  
  •