आज सुदूरपश्चिममा गौरा पर्व

397
  •  
  •  
  •  

काठमाडौ, १९ भदौ(ओएनएस) : आज गौरा पर्वको सबैभन्दा ठूलो दिन अष्टमी अर्थात् अठेबालीका धुमधामसँग सुदूरपश्चिममा मनाईंदैछ । पंच बिरूडाले गौरा देवीको पूजाआजा गरि गौरा पर्व मनाईँदैछ ।

आजका दिन निराहार ब्रत बसेका महिलाहरू बिरूडाका भाँडा लिएर गौरा खेल्ने स्थान (खलो) मा गएर पार्वती र महेश्वरको मूर्तिलाई बिचमा पारी कान्छी औँला समाएर सगुन गाउँछन् । यसलाई अठेवाली भनिन्छ ।

यसअघि महिलाहरुले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाहरुले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् ।

स्थानीय भाषामा गौरीको प्रतिमालाई लोली घुमारा भनिन्छ । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किवदन्तीका आधारमा गौरा मनाउने गरिएको स्थानीय वुढापाका बताउँछन् ।


  •  
  •  
  •