गौरको तनाव कायमै, ठाकुरलाई शहिद घोषणा गर्नुपर्ने माग

145
  •  
  •  
  •  

gaurगौर, २३ चैत(ओएनएस) : शसस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा मृत्यु भएका रामआशिष ठाकुरलाई शहिद घोषणा नगरिएसम्म गौरका आन्दोलनकारी वार्तामा नबस्ने निर्णय गरेका छन् ।

आईतबार राती गरिएको वार्तामा उनीहरूले पहिले रामआशिषलाई शहिद घोषणा गरेमात्र अन्य मागका विषयमा छलफल गर्न सकिने बताएपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो । मृतक ठाकुरको शव चार दिनदेखि गौर अस्पतालमा छ ।

सदरमुकाम गौरबाट कार्यायल बिस्तारको विरोधमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीको झडपले स्थिति तनावपूर्ण बनेपछि सरकारले सेवा केन्द्र फिर्ता लिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि पनि आन्दोलन रोकिएको छैन् ।

वार्ताका लागि आइतबार क्षेत्रीय प्रशासक रामकुमार आचार्यसहित नेपाल प्रहरीका अतिरिक्त नायब महानिरीक्षक (एआईजी) गणेश राई र शसस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) केके तमाङ्ग आईतबार साँझ हेलिकप्टरबाट गौर आएका थिए । राति १० बजेबाट सुरु भएको बार्ता अढाई घण्टा चलेर बिना निष्कर्ष टुङ्गएिको थियो ।


  •  
  •  
  •