गौर आन्दोलन ३० दलीय मोर्चाद्धारा फिर्ता

213
  •  
  •  
  •  

gaurमहोत्तरी, २६ चैत(ओएनएस) : सरकारले रौतहटको सदरमुकाम गौरबा सेवा केन्द्र चन्द्रनिगाहापुरमा सार्ने निर्णय गरेपछि ३० दलीय मोर्चाले चर्काएको आन्दोलन फिर्ता लिएको छ । सरकारले सेवा केन्द्र सार्ने निर्णय फिर्ता लिएपछिउद्योग वाणिज्य संघ गौरको नेतृत्वमा सुरू भएको आन्दोलन फिर्ता लिइएको हो ।

प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका रामआशिष ठाकुरको शोकसभामा मोर्चाले आन्दोलन फिर्ता लिने घोषणा गरेको हो ।

गत २ चैत गतेदेखी गौरमा आन्दोलन सुरू भएको थियो । सुरूमा उद्योग वाणिज्य संघ गौरले आन्दोलन थालेपनि पछि ३० दलीय मोर्चाले त्यसलाई थप चर्काएको थियो । यसक्रममा विभिन्न स्थानमा सुरक्षाकर्मी र आण्दोलनकारीबीच भिडन्त समेत भएको थियो ।


  •  
  •  
  •