गौरको अवस्था नियन्त्रणमा आएको सशस्त्रका डीआईजीको भनाइ

152
  •  
  •  
  •  

gaur
गौर अान्दाेलन : फाइल फोटो

काठमाडौ, २३ चैत(ओएनएस) : सशस्त्र प्रहरी प्रधान कार्यालयका नायव महानिरिक्षक पुष्पराम केसीले रौतहटमा भरातीय क्षेत्रबाट भएको फायरिङ नियन्त्रणमा आएको बताएका छन् ।

ओएनएससँग कुरा गर्दै केसीले फायरिङबाट कुनै क्षति नभएको बताउँदै अहिले स्थिति नियन्त्रणमा आएको बताए ।

केसीले भने, ‘ अहिले फाइरिङ रोकिएको छ, नेपाल र भातरीयत सिमा सुरक्षा बलबाट अनुसन्धान कार्य जारी राखेका छौ । ’ उनले घटनाबाट कुनै क्षति नभएपछि जनतालाई आतंकीत पार्ने काम भएको बताए ।

‘सिमाबाट एकोहोरो रुपमा एक घण्टा जति फाइरिङ भएको थियो, अन्धाधुन्ध रुपमा फाइरिङ भएपनि घटनाबाट मानवीय क्षति भएको छैन । ’

उनले स्थानीयले लक्ष्मीपुरस्थित बेलबिछुवा क्याम्पमा घेरा हाल्दै प्रहरीलाई घेराबन्दी पारेको बताए । त्यसपछि प्रहरीले ३० राउन्ड हवाइ फायर गर्दै स्थानीयलाई लखेटेको थियो । त्यसलगत्तै सिमाबाट फायरिङ भएको केसीले बताए ।


  •  
  •  
  •