राैतहटमा सीमापारिबाट भएको फायरिङ्बारे गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल भन्छन् :

185
  •  
  •  
  •  

gaur
गौर अान्दोलन : फाइल फोटो

काठमाडौ, २३ चैत(ओएनएस) :  राैतहटकाे सदरमुकाम गौरमा विगत साता दिनदेखि आन्दोलन चर्किरहेको बेला लक्ष्मीपुरस्थित सशस्त्र प्रहरीको बेलबिछुवा क्याम्पमा २ सय को संख्यामा स्थानीय घेराउ गर्न पुगेका थिए ।

घेराउको क्रममा उनीहरुले सशस्त्र क्याम्पमा ढुंगामुढा गर्दै स्थिति तनावग्रस्त पारे । त्यसक्रममा प्रहरीले समान्य बल प्रयोग गरी उनीहरुलाई हटाउने कोसिस गर्याे ।

तर, स्थानीय उग्र बन्दै गएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । तर, स्थानीयले अश्रु ग्यास प्रहरीतर्फ नै प्रहार गरेका थिए ।

त्यसपछि प्रहरीले हवाइ फायर गर्दै उनीहरुलाई क्याम्पबाट लखेटेको थियो । हवाइ फायरपछि भागेका उनीहरु क्याम्पबाट करिब २ सय मिटर पर भारतीय क्षेत्रमा पुगेका थिए । त्यस लगत्तै सीमा क्षेत्रबाट दर्जनौ राउन्ड नेपालतर्फ फायर भयो ।

उक्त घटना भएपछि हामीले स्थानीय सुरक्षा अधिकारी र भारतीय दूतावासलाई खबर गरेका थियौ र घटनाबारे तत्काल जानकारी मागेका थियो ।

अहिले हामीले सीमा क्षेत्रमा खोजीकार्य तथा अनुसन्धान जारी राखेका छौ भने भारतीय पक्षले पनि उक्त स्थानमा अनुसन्धान गरिरहेको छ । तर कसले गोली फायर गर्याे पुष्टि भएको छैन । (गृह मन्त्रालयका प्रवक्ता ढकालसँग रौतहटमा भएको फायरिङ्बारे टेलिफोनमा गरिएको कुराकानीमा अाधारित )

यसअघि शसस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा मृत्यु भएका रामआशिष ठाकुरलाई शहिद घोषणा नगरिएसम्म गौरका आन्दोलनकारी वार्तामा नबस्ने निर्णय गरेका थिए ।

आईतबार राती गरिएको वार्तामा उनीहरूले पहिले रामआशिषलाई शहिद घोषणा गरेमात्र अन्य मागका विषयमा छलफल गर्न सकिने बताएपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो । मृतक ठाकुरको शव चार दिनदेखि गौर अस्पतालमा छ ।

सदरमुकाम गौरबाट कार्यायल बिस्तारको विरोधमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीको झडपले स्थिति तनावपूर्ण बनेपछि सरकारले सेवा केन्द्र फिर्ता लिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि पनि आन्दोलन रोकिएको छैन् ।

 


  •  
  •  
  •