गाउँमै अस्पताल बनेपछि स्थानीयलाई सहज

610
  •  
  •  
  •  

वैशाख ३ मुगु(ओएनएस) : मुगुको मकामरोगङ गाउँपालिका वडा नं ६ रिउस गाउँकी गुरु छेटोल(६५)लाई दमको समस्या छ ।

चिसो ठाउँ त्यसमा औषधि उपचार नपाउँदा उनी साह्रै समस्या भोग्दै आएकी थिइन् । तर गाउँमै अस्पताल बनेपछि उनी खुसी छन् । उनी मात्र होइन सोहि गाउँकी पेमा पुटिक लामा पनि गाउँमा अस्पताल बनेपछि खुसी देखिन्छिन् ।

सामान्य बिरामी हुँदा पनि औषधि नपाउने, उपचार लागि एक दिन हिँडेर जानुपर्ने उनको बाध्यता अहिले हटेको छ ।
उनी भन्छिन्, ‘हाम्रो पालामा न अस्पताल थियो, न प्रस्तूती गृह । घरमै बच्चा जन्माउँदा गाह्रो हुन्थ्यो । औषधि नपाएर धैरेको अकालमा ज्यान गयो ।’

अहिले करान भेगका १४ गाउँको लागी ६ शय्याको अस्पताल स्थापना गरिएको छ ।  छाया नेपालको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेकको प्राविधिक सहयोगमा अस्पताल भवनको निर्माण कार्य सम्पन्न भई अस्पताल सञ्चालनमा आएको छ ।

प्रसूती सेवासहितको स्वास्थ्य सेवा प्रवाह गर्ने गरि गाउँपालिकासँगको साझेदारीमा एक वर्ष भित्रको अवधिमा भवन निर्माण गरि स्वास्थ्य सेवा शुरु गरिएको हो ।
गाउँमा अस्पताल स्थापना भएसँगै स्थानीयले केही राहत महशुस गरेको गाउँपालिका अध्यक्ष मिनबहादुर रावलले बताए ।
बताउँछन् ।

छाया नेपालको ६५ लाख ४ हजार र गाउँपालिकाको ११ लाखको साझेदारीमा अस्पतालको निर्माण कार्य सम्पन्न भएको हिरिसडेक मुगुका लेखा प्रमुख धिरेन्द्रबहादुर भामले बताए ।

गर्भवती महिलालाई सहज

गाउँमै ६ शय्याको अस्पताल स्थापना भएपछि गर्भवती महिलालाई थप सहज भएको छ । पहिला गर्भवती महिलालाई व्यथाले च्यापेसँगै हेलिकप्टर चार्टर गरेर कि काठमाडौं, कि नेपालगन्ज लैजानुपर्ने बाध्यता थियो ।

अझ आर्थिक विपन्नता भएकाका लागि भने निकै दुःख भोग्नु परेको थियो ।  तर अहिले गाउँमामै अस्पताल बनेपछि सहज भएको छ ।

गाउँमा आर्थिक विपन्नताका कारण अस्पताल सम्म पुर्याउन नसक्दा धेरै गर्भवती महिलाहरुले ज्यान गुमाइ सकेका छन् । आगामी दिनमा गर्भवती महिलाहरुले त्यस्ता दुःखका दिन भोग्न नपर्ने मुगु मकारामारोगं गाउँपालिका महिलाहरु बताउँछन् ।

अहिले पुलु स्वास्थ्य चौंकिका स्वास्थ्यकर्मी बस्ने भए पनि केही दिनमा नै एमविविएस डाक्टर र सुरक्षित प्रसूती सेवाका लागि तालिम प्राप्त जनशक्ति व्यवस्थापन गाउँपालिकाले गर्ने अध्यक्ष लामाको भनाई छ ।
अस्पताल उद्घाटन भएसँगै रगत, दिसा, पिसाब, खकार परीक्षण, गर्भवती चेकजाँच तथा प्रसूती सेवा समेत सञ्चालनमा आएको छ ।

१४ गाउँ लाभान्वित

६ शय्याको अस्पताल सञ्चालनमा आएपछि करानका १४ गाउँले राहतको महशुस गरेका छन् । करान भेगमा रहेका मुगु, पुलु, रिउस, माग्री, ताखा, खारी, दाउरा, चितै डोल्फु पापु, छाईल, चिमाथ, पुअ क्रिमीका स्थानीय लाभान्वित हुने भएका छन् ।

युनिसेफ नेपालको सहयोगमा अस्पतालका लागि आवश्यक पर्ने उपकरण, औजार, सौर्य उर्जा, बिरामी सुत्ने बेड सबै व्यवस्थापन गरिएको छ ।


  •  
  •  
  •