गौहरकै आग्रहमा थप्पड हानेको आरोपी अकीलको खुलासा

354
  •  
  •  
  •  

gauhar-khanकाठमाडौ/पुस(एजेन्सी) : गत नोभम्बरमा बलिउडकी नायीका गौहर खानमाथी घटेको थप्पडकाण्डमा नयाँ मोड आएको छ । थप्पड हान्ने व्यक्ति अकिल मलिकले गौहर खानकै आग्रहमा गौहरलाई थप्पड हानेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्मयका अनुसार आरोपी अकिलले यस्तो खुलासा गरेका हुन् ।

इन्डियाज रक स्टारको फाइनलका क्रममा थप्पड हान्नका लागि गौहरले भनेको आरोप अकीलले लगाएका छन् । आरोपीका अनुसार गौहरले जब अर्जुन कपूर स्टेजमा आएर फर्किन्छन्, त्यति नै बेला आफूलाई थप्पड हान्न भनेकी थिइन् ।

यतिमात्र नभई आरोपीले गौहरले उनलाई यसका बदलामा सलमानको साथ चलचित्र फिल्म ‘दबंग-३’मा खेलाउने प्रतिबद्धता जनाएको दावी गरेका छन् । सलमानको साथ काम गर्ने लालचमा अकीले गौहरको आग्रहमा उनलाई थप्पड हानेका थिए ।

अकीलले गौहरले यो सबै पब्लिसिटीका लागी गराएकी थिइन् र आफूले यसको खूलासा गर्नुको कारण गौहरले आफ्नो प्रतिबद्धता पूरा नगर्दा गरेको बतएका छन् । गौहरले चलचित्रमा खेलाउने प्रतिबद्धता पूरा गरेकी थिइनन् । अकीलको यो भनाई कति सत्य हो, यो त गौहरले नै बताउन सक्छिन् ।

बिग बस-७ की विजेता बनेकी मोडेल तथा नायीका गौहर खानले ३० नोभम्बरमा अकीलले गौहरलाई थप्पड हानेका थिए । गौहर रियालिटी शो ‘इन्डियाज रक स्टार’ को फाइनलको सुटिङ गर्ने क्रममा मोहम्मद अकिलले उनलाई जिस्क्याउँदै, गाली गर्दै र त्यसको विरोध गरेपछि थप्पड हानेका थिए । यसपछि उनलाई गार्डले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।


  •  
  •  
  •