बोलिन् गौहर, मलाई कस्तो लुगा लगाउने भनेर सिकाउने को ?

800
  •  
  •  
  •  

gauhar-khanकेही दिनअघि एक रियालिटी शोका क्रममा थप्पड खाएकी नायीका तथा मोडेल गौहर खानले आफ्नो छोटा कपडाबारेमा आफ्नो भनाई राखेकी छिन् ।

मंगलबार सञ्चारमाध्मयहरूसँग कुराकानी गर्दै उनले आफूले जे लगाएपनि अरूलाई चासो विषय नभएको बताएकी छिन् । उनले भनिन्, ‘कुनै मूर्ख यो तय गर्न सक्दैन की मैले के लगाउने र के नलगाउने ।’

प्रहरी अधिकारीहरूले गौहरलाई थप्पड हान्नु भन्दा पहिले उनलाई हात हाल्ने प्रयास पनि गरिएको बीबीसीलाई बताएका थिए । ती युवक कराईरहेका थिए, गौहरलाई मुसलमान भएर पनि छोटो कपडा लगाउने यस्तो हुन्न भन्दै थिए । घटनापछि मोहम्मद अकिललाई पक्राउ गरिएको थियो ।

घटनाको तीनदिनपछि गौहरले मिडियासँग आफ्नो प्रतिक्रिया दिँदै गौहरले भनिन्, ‘ती व्यक्तिलाई कसले यो अधिकार दियो की मैले के लगाउने के नलगाउने ? कसले उसलाई भन्यो की यदी कुनै केटीले आफ्नो इच्छाले कपडा लगाए उसलाई यस्तो गर्नुपर्छ ?’

उनले थपिन्, ‘धर्मको नाममा आफ्नो गलत कामलाई न्यायसंगत ठहराउनु गलत हो । यदी कुनै नायीका यस्तो मानसिकताको शिकार हुन सक्छिन् भने आम महिला र युवतीहरू यस देशमा कसरी सुरक्षित हुन सक्छन् ?’ गौहर खानले सञ्चारमाध्यम र आफ्नो प्रशंसकलाई समर्थन गरेकोमा धन्यवाद दिइन् । 


  •  
  •  
  •