तीन थप्पड खाएपछि गौहर खान डिप्रेसनको उपचार गर्दै

406
  •  
  •  
  •  

gauhar-khanकाठमाडौ/मंसिर : ‘इन्डियाज र स्टार’को सेटमा तीन थप्पड खाएपछि नायिका तथा मोडेल गौहर खान डिप्रेसनमा छिन् । उनका वकिल सदानन्द शेट्टीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यनहरूले मोहम्मद अकिले गौहरको गालामा निकै जोडले तीन थप्पड हानेकाले उनलाई मानसिक आघात पुगेको बताएका छन् । यसकारण उनको उपचार भइरहेको पनि गौहरका वकिल शेट्टीले बताएका छन । यदी उनलाई आन्तरिक रूपमा केही गम्भिर चोट देखिए आरोपी(अकिल) लाई सजाय समेत हुन सक्ने शेट्टीको भनाई छ ।

गौहर आइतबार म्युजिकल रियालिटी शो ‘इण्डियाज र स्टार’को फाइनलको शुटिङ गरिरहेकी थिइन् । यसैक्रममा दर्शकको कुर्सीमा रहेका अकिलले उनलाई जिस्काए । जब गौहरले यसको विरोध गरिन्, तब अकिल मञ्चमा नै पुगेर गौहरको गालामा तीन थप्पड हाने । घटनापछि अकिललाई पक्राउ समेत गरिएको छ ।

गौहरका वकिल शेट्टीले अकिलविरूद्ध मुद्धा दर्ता गरिएको जानकारी दिएका छन् ।


  •  
  •  
  •