‘स्वतन्त्र मधेसको बटमलाइन बिर्सिएका छैनौं’

407
  •  
  •  
  •  

भैरहवा, २८ फागुन(ओएनएस) : स्वतन्त्र मधेस गठबन्धन रुपन्देहीले आफूहरुले आफ्नो बटमलाइन नबिर्सिएको भन्दै स्वतन्त्र मधेसका लागि निरन्तर अघि बढ्ने बताएको छ ।

गठबन्धनको रुपन्देही कार्यसमितिले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी सरकारसँग भएको ११ बुँदे राजनीतिक सहमतिबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा रुपन्देहीका संयोजक भुपेन्द्र यादवले भने, ‘हाम्रो जुन स्वतन्त्र मधेसको बटमलाइन छ, त्यसलाई बिर्सिएका छैनौं ।’

उनले अन्तर्राष्ट्रिय स्तरमा दर्ता गरिएका हाम्रा मुद्दाको विषयमा सरकारसँग कुनै सहमति नभएको भन्दै दुई नम्बर बुँदाले आफूहरुलाई अन्तर्राष्ट्रिय स्तरमा जाने बाटोसमेत खुल्ला गरेको बताए । सरकारसँगको सहमति अनुसार रुपन्देही जिल्लामा कुनै बाधा अवरोध नर्पुयाउने भन्दै उनले प्रक्रियागत र शान्तिपूर्ण रुपमा स्वराज आन्दोलन अगाडि बढाउने उनको भनाइ छ ।

उनले भएका सहमतिलाई सरकार र आफूले कार्यान्वयन गरे मधेस र सम्रग देशको समृद्धि हुने बताए। राजनीतिक मुद्दा राजनीतिक रुपमा समाधान गर्नुपर्ने भएपनि राजपाका नेता रेश्म चौधरीलाई जेल सजाय हुनु दुःखद विषय रहेको उनले बताए ।


  •  
  •  
  •