सत्ता गठबन्धनको बैठकः सरकारलाई छिट्टै पूर्णता दिने जिम्मा शीर्ष नेतालाई

76
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई छिट्टै पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेशको समस्या समाधान गर्ने सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले बताए ।
गठबन्धनको बैठकमा उपस्थित यादवले गठबन्धनका शीर्ष नेतालाई परिणाम आउने गरी चाँडो समस्या समाधान खोज्नस् भन्ने जिम्मेवादी बैठले दिइएको बताए । अबको एक–दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने र गठबन्धनलाई दीगो बनाएर लैजाने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।
‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, यसबारे निर्णय गर्ने अधिकारी शीर्ष नेताहरुलाई दिइएको छ,’ उनले भने । जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गरिरहेको छ ।

 


  •  
  •  
  •