
काठमाडौं । सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिबारे सहमति हुन सकेन । बुधबार बसेको बैठकमा सहमति हुन नसकेपछि बिहीबारका लागि पुनः बैठक बोलाइएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे सकारात्मक छलफल भएपनि सहमति जुट्न नसकेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।
गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरु समझदारी खोजी रहेका छन् ।