स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

169
  •  
  •  
  •  


काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

आगमी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहिवार पुनः बैठक बस्न लागेको हो ।


  •  
  •  
  •