वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी दुईको मृत्यु

302
  •  
  •  
  •  

पर्सा,५ पुस (ओएनएस):  वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागि हुँदा दुई जनाको मृत्यु भएको छ ।  बिहान ६ बजेदेखि बुलेटबाट ग्यास लिक भएर आगलागी भएकाे हाे । अागाे अझैं नियन्त्रणमा आउन सकेकाे छैन । आगो निभाउन गएको दमकल समेत आगोको चपेटामा परी जलेर नष्ट भएकाे छ ।

आगलागी भएपछि वीरगन्ज महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरेको थियो, तर आगो निभाउन गएका २ जना दमकलका कर्मचारीहरु मधुसुदन मिश्र, यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् । चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते छन् । उनीहरुको उपचार भइरहेको बताइएकाे छ ।

 

जनधनको क्षति हुन नदिनका लागि प्रहरीले घटना क्षेत्र वरिपरि माइकिङ गरेर बस्तीलाई खाली गराइरहेको छ । आगो नियन्त्रण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली त्यहाँ पुगेको छ । आगलागि भएको उक्त ग्याँस उधोगमा कति जना कर्मचारी थिए खुल्न नसकेको बताएको छ ।


  •  
  •  
  •