कता हराए ९५ हजार सिलिन्डर ?

211
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक ।
उद्योगीले बिहीबार रातिदेखि आइतबार रातिसम्म ३८ ग्यास बुलेट उद्योगमा पुर्‍याएको तथ्यांक देखाएका छन् । ती बुलेटका ग्यास ४७ हजार ५ सय सिलिन्डरमा भर्न पुग्छ । सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको छ । आधा भर्दा ९५ हजार सिलिन्डर पुग्छ । उद्योगीले बोटलिङ प्लान्ट र गोदामबाट ग्यास बिक्री गरेका छन् । तर, कुन ठाउँमा कति बाँडियो, अब कति बाँकी छ भन्ने तथ्यांक भने उद्योगीले दिन सकेका छैनन् ।

उद्योग र गोदामबाटै ग्यास बिक्री

शुक्रबारदेखि काठमाडौं भित्रिएको ग्यास डिलरले समेत नपाउादा सर्वसाधारणले पाउन सकेका छैनन् । उद्योग र काठमाडौंमा रहेका गोदामबाटै ग्यास बिक्री भइरहेको छ । एलपी ग्यास उद्योग संघका अनुसार आइतबार मात्रै काठमाडौंमा लोकप्रिय ब्रान्डका पूरै भरिएका ग्यास सिलिन्डर ५८८ वटा बिक्री भएका छन् ।

भैँसेपाटीस्थित गोदामबाट त्रिशूलले एक हजार दुई सय सिलिन्डर, श्रीरामले हरिसिद्धिस्थित गोदामबाट ५ सय सिलिन्डर बिक्री गरेको छ । त्यस्तै, तारा ब्रान्डका आधा ग्यास भरिएका ५ सय ८८ सिलिन्डर, नेपाल ग्यासले करिब ५ हजार सिलिन्डर र एभरेस्ट ग्यासका शुक्रबार, शनिबार र आइतबार गरी सात हजार ५ सय सिलिन्डर बिक्री भइसकेको संघले जनाएको छ ।

धेरै उद्योगीले डिलरसँग नै सात सय लिन्छन्

हालको बिक्री मूल्यअनुसार डिलरले ६ सय ८४ रुपैयाँमा ग्यास पाउनुपर्छ । र, उनीहरूले उपभोक्तालाई प्रतिसिलिन्डर ७ सय रुपैयाँमा बेच्नुपर्छ । तर, उद्योगीले नै डिलरलाई सात सय रुपैयाँमा सिलिन्डर दिइरहेको ग्यास विक्रेता महासंघका कोषाध्यक्ष अर्जुन खत्रीले बताए ।

अध्यक्षले नै बढी मूल्यमा ग्यास बेचे

ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेको एभरेस्ट ग्यास नै बढी मूल्यमा खरिद गर्न डिलरहरू बाध्य भएका छन् । आइतबार एभरेस्ट ग्यासको चाल्नाखेलस्थित उद्योगबाट विक्रेताले प्रतिसिलिन्डर सात सय रुपैयाँमा खरिद गरे । उद्योगबाट विक्रेताले प्रतिसिलिन्डर १६ रुपैयाँ कमिसन आउने गरी ६८४ रुपैयाँका दरले सिलिन्डर किन्न पाउनुपर्ने हो । आयल निगमले उद्योगीलाई प्रतिसिलिन्डर ३० रुपैयाँ स्थानीय ढुवानी खर्च दिन्छ । तर, एभरेस्ट ग्यासले डिलरलाई ढुवानी खर्चसमेत दिएको छैन ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •