आजदेखि विद्युतबाट शवदाह गरिने

116
  •  
  •  
  •  

काठमाडौं १० माघ (ओएनएस) अब पशुपतिमा दाउरा बालेर दाहसस्कार गर्न नपर्ने भएको छ । आजदेखि पशशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह सञ्चालन गर्ने भएको छ । ११ करोड रुपैयाँ लागतमा जडान गरिएका २ वटा मेसिनबाट विद्युतीय शवदाहको काम सुरु गर्न लागिएको हो ।

मेसिन कोषले भारतको कोलकातास्थित इन्डोमेन इन्जिनियरिङ कम्पनीबाट ल्याएको थियो । ‘ शवदाह मेसिनबाट एउटा शव जलाउन ४५ मिनेट लाग्ने कोषले जनाएको छ । खर्च ३ हजार लाग्नेछ । दाउराबाट शव जलाउन कम्तीमा पनि ३ घण्टा लाग्ने गर्छ ।
चिताबाट दैनिक एक घाटमा करिब १० वटा शवदाह गर्न सकिनेमा एउटा विद्युतीय मेसिनबाट ४० वटाजति शवदाह गर्न सकिनेछ । यस्तै, दाउराबाट एउटा शव जलाउन १० हजार रुपैयाँ लाग्नेमा विद्युतीय शवदाह गर्दा ३ हजार रुपैयाँ लाग्ने जनाइएको छ ।

सुरुमा कोषमा भएका दुईवटा विद्युतीय शवदाह मेसिनको प्रयोग गरिनेछ । एउटा शव जलाउनका लागि विद्युतीय मेसिनमा जम्मा ४५ मिनेट मात्र लाग्छ । सो मेसिन २४ सै घण्टा सञ्चालनमा ल्याउने कोषको तयारी छ ।

तराईको आन्दोलन र भारतीय अघोषित नाकाबन्दी भएको अवस्थामा धेरै मानिसले खाना पकाउनका लागि दाउराको प्रयोग बढेपछि शव जलाउनका लागि दाउराको अभाव भइरहेको सन्दर्भमा राम्रो विकल्पको रुपमा विद्युतीय शवदहन मेसिनलाई लिइएको छ ।
‘प्रत्येक सदस्यसचिवले काम गर्न खोज्ने कता–कता गएर अडकिने,’ टण्डनले भने, ‘तर २०६८ देखि निर्माण प्रक्रिया अघि बढे पनि विभिन्न कारणले ढिलाइ भएर यस वर्ष बल्ल सञ्चालनको स्थितिसम्म आएको हो ।


  •  
  •  
  •