ग्यास पाउनु भएन ? तपाईको घर नजिकै यो दिन आउँदैछ ग्यास

492
  •  
  •  
  •  

काठमाडौ, १४ माघ (ओएनएस) : बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि नेपाल आयल निगमले बिहिबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ग्यास बिक्री गर्ने तालिका सार्वजनिक गरेको छ ।

उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गरेपछि निगमले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ग्यास बिक्री गर्न लागेको हो । यसअघि नेसनल ट्रेडिङमा स्टल राखेर सुरु भएको ग्यास वितरण सफल हुन नसकेपछि निगकले ग्यास वितरणको अर्काे उपाय अपनाएको हो ।

ग्यास वितरणको तालिका :-

माघ १५ गते – नयाँ, बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहल

माघ १७ गते – पुरानोबानेश्वर, सिनामंगल, गौशाला, चाबहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल र नयाँ बस्ती

माघ १९ गते – महाराजगन्ज, बूढानीलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी र धुम्बाराही

माघ २१ गते – न्युरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर र मैतीदेवी

माघ २३ गते – कलंकी, थानकोट, बल्खु, कीर्तिपुर, सुतंगल, कालीमाटी, बाफल, सीतापाइला र स्वयम्भू

माघ २५ गते – लतिलपुर

माघ २७ गते – भक्तपुर

निगमका अनुसार ग्यास नपाए अन्य दिन साबिक बमोजिम ग्यास बिक्री गर्ने बताएको छ । बिक्रेताले ग्राहकको नाम र टेलिफोन नम्बर लिएर मात्र ग्यास वितरण गर्नुपर्नेछ भने एक परिवारले एकमात्रै ग्यास सिलिन्डर लिन पाउने निगमले जनाएको छ ।

उसले उपभोक्तालाई प्रतिसिलिन्डर १४ सय ७० रुपैयाँ भन्दा बढी नतिर्नसमेत आग्रह गरेको छ । तोकिएको रुपैयाँ भन्दा बढी लिइएको पाइए कालोबजारी ऐनअन्तर्गत व्यापारीलाई कारबाही गरिने निगमले जनाएको छ । यसअघि नेसनल ट्रेडिङ, टेकुबाट ग्यास बिक्री गर्दासमेत उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि निगमले यस्तो उपाय थाल्न लागेको हो ।

Picture1


  •  
  •  
  •