सरकारी राहत, उपभोक्ता आहत (फोटोफिचर)

114
  •  
  •  
  •  

काठमाडौं, ११ माघ (ओएनएस) : बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि सरकारले नेशनल ट्रेडिङ कर्पाेरेसनमा स्टल राखेर ग्यासको विक्री थालेको छ ।

Gas (3)

वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास बिक्रिता महासंघ, नेपाल आयल निगम र उद्योगीले शुक्रबार नेशनल ट्रेडिङको जग्गामा स्टल राखेर तीन दिनसम्म विक्रि गर्ने निर्णय गरेका थिए । विहान ११ बजेदेखि विक्रि सुरु गर्ने भनिएपनि साढे १२ बजेसम्म पनि विक्रि सुरु भएको थिएन ।

Gas (7)कृतिम अभावको कारण सस्ती भएका उपभोक्तहरुले सहज रुपमा ग्यास पाइने आशामा लाइनमा धेरै बेरसम्म कुर्नुपरेको थियो ।

Gas
आपूर्ति मन्त्री शुनील थापाले ग्यास वितरणको उद्घाटन गर्न ढिलाई भएपछि ग्यासको लाइन टेकुबाट कालिमाटीसम्म पुगेको थियो । स्टलमा कोसी, सगर, एभरेस्ट, ओम, राजधानी, लोकप्रिय, नेपाललगायत ग्यासहरु राखिएको थियो ।

Gas (2)तारे होटल, व्यवसायी र डिलरले ग्यास लुकाउँदा सर्वसाधारणले पाउन नसकेपछि सुरु गरिएको वितरणबाट ग्यास पाएपनि लाइनमा हैरानी ब्यहोरेका थिए ।

Gas (8)


  •  
  •  
  •